२१ जेठ २०८३, बिहीबार

पूर्वराजासहितको गोलमेचले मात्र निकास, फागुन २१ मा जनमत संग्रह गरौं- ज्ञानेन्द्र शाही [भिडियो अन्तर्वार्ता]

मंसिर ३, २०८२
काठमाडौं

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही अहिलेको राजनीतिक संकट समाधानका लागि राजनीतिक दल, पूर्वराजारा, जेनजी प्रतिनिधिसहितको गोलमेच सम्मेलन हुनुपर्ने बताएका छन् ।

लोकान्तर डट्कमसँगको भिडियो अन्तर्वार्ताका क्रममा राप्रपा नेता शाहीले परम्परागत शक्तिको रूपमा रहेको राजसंस्थालाई ‘बाइपास’ गरेर गरिने सहमतिले निकास नदिने बताएका हुन् ।

राप्रपा संसदीय दलको प्रमुख सचेतक समेत रहिसकेका शाही गोलमेच सम्मेलनमा एउटा सम्झौता नभइ गरिने चुनावले निकास नदिने दाबी गर्छन् ।

सहमति भए फागुन २१ गतेको चुनावमा राजतन्त्र र गणतन्त्रको पक्षमा जनमत संग्रह गर्न सकिने उनको भनाइ छ ।

प्रवक्ता शाहीले वर्तमान प्रधानमन्त्री सुशीला कार्कीमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तो अरूको कुरा सुन्ने धैर्यता समेत नरहेकोले यो सरकारले चुनाव गराउनेमा विश्वास गर्ने आधार नरहेको बताउँछन् ।

प्रवक्ता शाहीले नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंको पक्राउको विरोध गर्दै उनले सार्वजनिक गरेको भिडियो सम्बन्धमा सरकारले जवाफ दिनुपर्ने बताए ।

भदौ २३–२४ को घटना क्रान्ति कि प्रतिक्रान्ति, अग्रगमन कि पश्चगमन ?

प्रतिनिधिसभा पुन:स्थापना भए के हुन्छ ?

यी लगायत समसामयिक विषयमा गरिएको कुराकानी हेर्नुहोस् भिडियोमा :

 

salt training

कमेन्ट गर्नुहोस्