
नेपाली टोली पहिलो पटक आयोजित नेत्रहीन महिला टी–२० विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । नेत्रहीन महिला विश्वकप भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ ।
नेपाली टोलीले शनिबार कोलम्बोमा खेलिएको सेमिफाइनल खेलमा पाकिस्तानलाई सात विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।
पाकिस्तानले पहिले ब्याटिङ गर्दै एक सय ६९ रन बनाएको थियो । जवाफमा नेपालले १७ ओभरमै केवल तीन विकेट गुमाएर विजय लक्ष्य पूरा गर्यो ।
नेपालले अब उपाधिका लागि भारतसँग भिडन्त गर्नेछ । भारत भने पहिलो सेमिफाइनल खेलमा अस्ट्रेलियालाई हराउँदै फाइनलमा पुगेको हो ।