०६ साउन २०८३, बुधबार

शेयर बजार २६०० बिन्दुमाथि, कारोबार रकम पनि ६ अर्ब नाघ्यो

मंसिर ७, २०८२
काठमाडौं
शेयर बजार २६०० बिन्दुमाथि, कारोबार रकम पनि ६ अर्ब नाघ्यो

शेयर बजार परिसूचक नेप्से २६०० बिन्दुमा उक्लिएको छ ।

लामो समयदेखि संघर्षरत शेयर बजारमा आइतबार ३९.९२ अंकको वृद्धि देखिएको हो ।

कारोबार रकम पनि बढेर ६ अर्ब २८ करोड पुगेको छ ।

म्युचुअल फन्डबाहेक सबै समूहमा वृद्धि देखिँदा समग्र बजारमा उछाल आयो ।

सबैभन्दा बढी जीवन बिमा र लगानी समूहमा २ प्रतिशतभन्दा बढीको वृद्धि भयो ।

व्यापार समूहमा ०.२५ प्रतिशत वृद्धि हुँदा अन्य सबै समूह नेप्सेकै अनुपातमा बढ्न पुग्यो ।

salt training

कमेन्ट गर्नुहोस्