
सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई तत्काल थुनामुक्त गर्न आदेश दिएको छ।
बन्दी प्रत्यक्षीकरणको रिटमा आइतबार सुनुवाइ गर्दै न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले प्रसाईंलाई तत्काल थुनामुक्त गर्न आदेश दिएको हो ।
प्रसाईंका छोरा निराजन प्रसाईंले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।
सर्वोच्च अदालतका रजिस्ट्रारको रोहबरमा कागज गराएर प्रसाईंलाई रिट निवेदक उनका छोरा निराजन वा उनका कानून व्यवसायीको जिम्मा लगाउन आदेशमा भनिएको छ ।
‘...निजलाई हिरासतमा राख्नुपर्ने औचित्य समाप्त भइसकेको देखिन आएकाले यी निवेदकविरुद्ध जारी पकाउ पुर्जी तथा म्याद थपलगायतका अनुसन्धानसम्बन्धी सम्पूर्ण काम कारबाही उत्प्रेषणको आदेशले बदर भई निवेदक दुर्गा प्रसाईंलाई गैरकानूनी थुनाबाट तत्काल मुक्त गर्नु भनी विपक्षीहरूको नाउँमा बन्दी प्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ,’ आदेशमा उल्लेख छ ।
प्रसाईं यही मंसिर २ गते राति पक्राउ परेका थिए ।
यस्तो छ आदेश :


