३२ असार २०८३, बिहीबार

पाटा र भिसासँग एनएमबि बैंकको सहकार्य, पर्यटन क्षेत्रमा सजिलो डिजिटल भुक्तानी प्रविधि सञ्चालनमा​

मंसिर ९, २०८२
काठमाडौं
पाटा र भिसासँग एनएमबि बैंकको सहकार्य, पर्यटन क्षेत्रमा सजिलो डिजिटल भुक्तानी प्रविधि सञ्चालनमा​

एनएमबि बैंक लिमिटेडले प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र भिसासँगको सहकार्यमा नेपालको पर्यटन क्षेत्रमा सजिलो डिजिटल भुक्तानी गर्ने प्रविधि सञ्चालनमा ल्याएको छ ।​

एनएमबि बैंक, पाटा नेपाल च्याप्टर र भिसाबीच एनएमबि सफ्ट पस (NMB Soft POS) को प्रयोगलाई विस्तार गर्नेगरी सम्झौतामा भएको हो ।

सफ्ट पस एउटा यस्तो नयाँ प्रविधि हो । जसले व्यवसायीहरूलाई कुनै भौतिक मशिनविना नै आफ्नो एनआईएफ इनेबल्ड एन्ड्रोइड स्मार्टफोनको माध्यमबाट डिजिटल कार्डमार्फत भुक्तानी स्वीकार गर्ने अनुमति प्रदान गर्दछ ।

पाटा नेपाल च्याप्टरले होटल, ट्राभल एजेन्सी, एयरलाइन्सलगायत पर्यटन क्षेत्रका सरोकारवालाहरूलाई प्रतिनिधित्व गर्दछ । यस साझेदारीमार्फत एनएमबि बैंकको लक्ष्य पाटाका सदस्यहरूलाई प्रविधि मैत्री बनाउनु रहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।​

एनएमबि सफ्ट पसको प्रयोगले पाटाका सदस्यहरूले आफ्नो भुक्तानी प्रक्रियालाई अझ सुविधाजनक, सुरक्षित र छिटो बनाउन सक्नेछन् । यसले गर्दा पर्यटक र ग्राहकलाई सजिलै भुक्तानी गर्न मद्दत पुग्नेछ ।

यो प्रविधिको बढ्दो प्रयोगले डिजिटल कारोबारको मात्रा बढाउनुका साथै वित्तीय पहुँचलाई बढावा दिनेछ र सम्पूर्ण पर्यटन क्षेत्रमा आधुनिक डिजिटल भुक्तानी विधिहरूको स्वीकार्यता विस्तार गर्न मद्दत गर्नेछ ।

एनएमबि बैंक र पाटा नेपाल च्याप्टर दुवैको यो संयुक्त प्रयासले नेपालको पर्यटन उद्योगलाई डिजिटल रूपमा अझ उन्नत बनाउने विश्वास व्यक्त गरेका छन् ।​​

एनएमबि बैंकले हाल देशभरि २०२ शाखा, १८४ एटीएम र ९ एक्स्टेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्