ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारो (७०) लाई ब्राजिलको सर्वोच्च अदालतले २७ वर्षको जेल सजाय सुनाइको छ। कू षड्यन्त्रको मुद्दामा सर्वोच्चले मंगलबार फैसला गरेको हो ।
पूर्वराष्ट्रपतिमाथि २०२२ को राष्ट्रपति चुनाव हारे पनि सत्तामा रहन वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाको सरकारलाई उल्टाउने षड्यन्त्र गरेको आरोप छ।
सुनुवाइको क्रममा, बोल्सोनारोको कानुनी टोलीले अदालतको निर्णयविरुद्ध अन्तिम अपील दायर गरेन, त्यसपछि न्यायाधीश मोरेसले फैसलालाई अन्तिम घोषणा गर्दै पूर्ण २७ वर्षको सजाय सुनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
ब्राजिलका अभियोजकहरूले आरोप लगाएका छन् कि चुनाव हारेपछि पनि सत्ता कायम राख्न बोल्सोनारोले सर्वोच्च अदालतमाथि आक्रमणको षड्यन्त्र रचेका थिए ।
अगस्टमा, सर्वोच्च अदालतले बोल्सोनारोलाई घरमै नजरबन्दमा राख्न आदेश दिएको थियो । बोल्सोनारो अगस्टदेखि घरमै नजरबन्दमा छन् ।