२१ असार २०८३, आइतबार

स्वास्थ्यकर्मीलाई आक्रमण गरेको आरोपमा ४ जना पक्राउ

मंसिर १४, २०८२
चितवन
स्वास्थ्यकर्मीलाई आक्रमण गरेको आरोपमा ४ जना पक्राउ

चितवनको माडी नगरपालिकास्थित बघौडा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आक्रमण गरेको आरोपमा ४ जना पक्राउ परेका छन् ।

गत बिहीबार राति १०ः१५ बजेको समयमा चार/पाँच जनाको समूहमा आएका युवाले चिकित्सक र स्वास्थ्यकर्मीलाई आक्रमण गरेका थिए ।

इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक किरण राईले अस्पतालले शुक्रबार निवेदन दिएपछि चार जना आरोपीलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ पर्नेमा माडीका किरण खाती, सङ्गम तिवारी, विकास गुरुङ र प्रकाश गौतम रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक राईले भने, 'चिकित्सकहरूले कुटपिटमा मुद्दा चलाउने भन्दै हुनुहुन्छ, कुटपिटको मुद्दा सिधैं अदालतबाट चल्छ ।' 

बघौडा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा धीरञ्जनकुमार साहका अनुसार मङ्सिर ११ गते राति १०ः१५ बजेको समयमा अस्पताल परिसरभित्रै आक्रमण भएको हो । युवाले मादक पदार्थ सेवन गरी आक्रमण गरेको उनको भनाइ छ ।

डा. साहका अनुसार डा. दीपेन्द्र विश्वास, डा. देवेन्द विश्वास, हेअ अनुप सुवेदी, कविराज तिवारीलगायत चिकित्सक स्वास्थ्यकर्मीमाथि घाउ चोट हुने गरी कुटपिट भएको छ । उनीहरूले अपशब्द बोल्दै गालीगलोज समेत गरेको उनले जानकारी दिए ।

नेपाल चिकित्सक सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष डा. दीपेन्द्र न्यौपानेले दोषीलाई कानूनअनुसार हदैसम्मको कारबाही हुनुपर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्