२८ असार २०८३, आइतबार

अर्मान्ड डुप्लान्टिस र सिड्नी म्याकलाफ्लिन–लेभ्रोन विश्वकै सर्वोत्कृष्ट खेलाडी

मंसिर १५, २०८२
काठमाडौं
अर्मान्ड डुप्लान्टिस र सिड्नी म्याकलाफ्लिन–लेभ्रोन विश्वकै सर्वोत्कृष्ट खेलाडी

स्विडेनका अर्मान्ड डुप्लान्टिस र अमेरिकाकी सिड्नी म्याकलाफ्लिन–लेभ्रोन वर्षको सर्वोत्कृष्ट एथलेटिक्स खेलाडीको अवार्डबाट सम्मानित भएका छन् । अमार्न्ड पुरुषतर्फ र सिड्नी महिलातर्फ सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

मोनाकोमा आयोजित विशेष समारोहबीच उनीहरूलाई अवार्ड प्रदान गरिएको हो । अर्मान्ड डुप्लान्टिसले सन् २०२५ मा पोल भल्ट स्पर्धामा चारवटा नयाँ विश्व कीर्तिमान बनाए । गत सेप्टेम्बरमा जापानको टोकियामा आयोजित विश्व च्याम्पियनसिपमा उनले अभूतपूर्व प्रदर्शन गरेका थिए ।

उक्त प्रतियोगितामा उनले ६.३० मिटरको कीर्तिमानी प्रदर्शन गरेका थिए । २६ वर्षीय अर्मान्ड डुप्लान्टिस यो वर्ष १६ वटा प्रतियोगितामा अपराजित रहे । यस क्रममा उनले विश्व एथलेटिक्सको इन्डोर र आउटडोर दुबै उपाधि पनि जिते । यो वर्ष उनले लगातार पाँचौँ पटक डायन्ड लिगको उपाधि पनि कुम्ल्याए ।

२६ वर्षीया सिड्नी म्याकलाफ्लिन–लेभ्रोन पनि यो वर्ष अपराजित रहिन् । उनले यो वर्ष आफूले खेलेको चार सय मिटर र चार सय मिटर हर्डल्स दुवै स्पर्धाको सबै पदक जितिन् । टोकियोमा भएको विश्व च्याम्पियनसिप पनि उनले चार सय मिटर दौडमा कीर्तिमानी प्रदर्शन गरिन् ।

उक्त प्रतियोगितामा उनले चार सय मिटर दौड ४७.७८ सेकेन्डमा पूरा गरेर कीर्तिमान बनाएकी हुन् । उनले विश्व एथलेटिक्समा ४२ वर्ष पुरानो कीर्तिमान पनि तोडिन् ।

salt training

कमेन्ट गर्नुहोस्