
धनुषाको नगराईन नगरपालिका–२ जटहीस्थित खेतबारीबाट सशस्त्र प्रहरीले १३ लाख ७० हजार रूपैयाँ बराबरको चोरीपैठारीको काजु बरामद गरेको छ ।
भारतबाट अवैध रूपमा भन्सार छली नेपालमा ल्याई लुकाईछिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा नं. ८ गण धनुषाले उक्त काजु बरामद गरेको हो ।
बरामद काजु जनकपुर भन्सार कार्यालयमा बुझाइएको सशस्त्रका सहप्रवक्ता, डीएसपी शैलेन्द्र थापाले बताए ।