
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको मंगलबार जारी कर्णाली याक्सविरुद्धको खेलमा पोखरा एभेन्जर्सका ओपनर ब्याट्सम्यान एडम रोसिङ्टनले अर्धशतक बनाएका छन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा रोसिङ्टनले केवल ३० बलको सामना गरी दुई छक्का र सात चौकाको मद्दतले अर्धशतक बनाएका हुन् ।
जारी सिजनको एनपीएलमा उनले दोस्रो अर्धशतक बनाएका हुन् । रोसिङ्टनको अर्धशतक जारी सिजनको एनपीएलमा बनेको २६ औं अर्धशतक पनि हो ।