नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बिहीबार जारी खेलमा काठमाण्डू गोर्खाजविरुद्धको खेलमा पोखरा एभेन्जर्सका ब्याट्सम्यान ऋषि धवनले अर्धशतक बनाएका छन् ।
ऋषिले केवल २७ बलमा दुई छक्का र तीन चौकाको मद्दतले अर्धशतक पूरा गरेका हुन् ।
उनले एनपीएलमा बनाएको यो पहिलो अर्धशतक हो ।