२३ असार २०८३, मंगलबार

कर्णालीले जनकपुरलाई दियो १३० रनको लक्ष्य

मंसिर २१, २०८२
काठमाडौं
कर्णालीले जनकपुरलाई दियो १३० रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले साबिक विजेता जनकपुर बोल्ट्सलाई जितका लागि १३० रनको लक्ष्य दिएको छ ।​

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२९ रन बनायो ।

कर्णालीका लागि ओपनर इमरान शेखले सर्वाधिक ३३, गुल्सन झाले १९, कप्तान सोमपालले १८ रन बनाए । यस्तै, ​प्रियांक पाञ्चलले १६, विलियम बोसिस्टोले १५ र नजिबुल्लाह जद्रानले १३ रन बनाए ।

जारी प्रतियोगितामा दुवै टोलीले समान छ खेलबाट एक/एक खेलमा मात्रै जित निकालेका छन् ।

प्रतियोगितामा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स क्वालिफायरका लागि छनोट हुँदा काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्सले एलिमिनेटरमा स्थान सुरक्षित गरिसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्