१२ असार २०८३, शुक्रबार

घाँटी रेटेर छोराको हत्या गरेको आरोपमा प्रहरीका असई पक्राउ

मंसिर २२, २०८२
काठमाडौं
घाँटी रेटेर छोराको हत्या गरेको आरोपमा प्रहरीका असई पक्राउ

काठमाडौंको सिनामंगलमा ६ महिने छोराको घाँटी रेटेर हत्या गरेको आरोपमा प्रहरीले आफ्नै संगठनका सदस्य असई पुष्कर कार्कीलाई पक्राउ गरेको छ । 

आइतबार साँझ कार्कीले कोठामा छोरोका हत्या गरेर श्रीमतीलाई समेत धारिलो हतियार प्रहार गरेका थिए । 
उनी भाग्दै गर्दा नागढुंगा चेकप्वाईन्टबाट प्रहरीले नियन्त्रणमा लिएको हो । 

असई कार्कीकी पत्नीलाई प्रहरी अस्पतालमा भर्ना गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत असई कार्कीले किन छोराको हत्या गरे भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्