१२ असार २०८३, शुक्रबार

खानेपानी कार्यालय दाङका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मंसिर २३, २०८२
काठमाडौं
खानेपानी कार्यालय दाङका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका तत्कालीन कार्यालय प्रमुख भोला प्रसाद थापासहित ६ जना र एक कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

कार्यालयले आह्वान गरेको ठेक्कामा निर्माण कम्पनीसँगको मिलेमतोमा राज्यलाई हानिनोक्सानी पुर्‍याएको भन्दै उनीहरूविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।

आयोगले तत्कालीन कार्यालय प्रमुख थापा, तत्कालीन ईन्जिनियर बसन्त कुमार दुलाल, तत्कालीन अधिकृत छैटौं माधव प्रसाद तिमिल्सेना, तत्कालीन सबइन्जिनियर नुतन आचार्य र तत्कालीन लेखापाल मनोज विष्टलाई प्रतिवादी बनाएको छ ।

त्यसैगरी, जय काली ड्रिलिङ्ग्स कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालि र त्यसका प्रबन्ध निर्देशक शेखर शर्मालाई पनि आयोगले प्रतिवादी बनाएर मुद्दा दायर गरेको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

उनीहरूलाई ११ लाख ११ हजार ८४४ रूपैयाँ २९ पैसा जनही बिगो कायम गरिएको छ । 

हेर्नुहोस् आरोपपत्र :

salt training

कमेन्ट गर्नुहोस्