२९ असार २०८३, सोमबार

ट्रम्पले फेरि गरे युरोपेली देशहरूको कडा आलोचना

मंसिर २४, २०८२
काठमाडौं
ट्रम्पले फेरि गरे युरोपेली देशहरूको कडा आलोचना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक युरोपेली देशहरूको कडा आलोचना गरेका छन् ।

उनले युरोपेली नेताहरूलाई कमजोर भने, साथै अमेरिकाले युक्रेनलाई आफ्नो समर्थन घटाउन सक्ने संकेत पनि गरेको बीबीसीले जनाएको छ ।

पोलिटिकोसँगको एक अन्तर्वार्तामा उनले भने, 'आफ्नो महत्व गुमाउँदै युरोपेली देशहरूले न त आप्रवासन नियन्त्रण गर्न सकेका छन् न त रूससँग चलिरहेको युद्ध अन्त्य गर्न ठोस कदम चाल्न सकेका छन् ।'

उनले युरोपेली देशहरूलाई युक्रेनलाई अन्तिम साससम्म लड्न अनुमति दिएको आरोप लगाए।

युरोपेली नेताहरूले युद्ध अन्त्य गर्न अमेरिकाको नेतृत्वमा गरिएका प्रयासहरूमा आफ्नो भूमिका निर्धारण गर्न खोजिरहेका छन्।
 

salt training

कमेन्ट गर्नुहोस्