०६ साउन २०८३, बुधबार

बंगलादेशमा आम चुनावको मिति घोषणा, जनमत संग्रह पनि सँगै हुने

मंसिर २६, २०८२
काठमाडौं
बंगलादेशमा आम चुनावको मिति घोषणा, जनमत संग्रह पनि सँगै हुने

बंगलादेशको निर्वाचन आयोगले फेब्रुअरी १२ मा राष्ट्रिय चुनाव हुने घोषणा गरेको छ । प्रमुख निर्वाचन आयुक्त एएमएम नासिर उद्दिनले राष्ट्रका नाममा सम्बोधन गर्दै निर्वाचन तालिका घोषणा गरेको बीबीसी बंगलाले जनाएको छ । 

यसपटक मतदानको समय एक घण्टाले बढाइएको छ किनभने जनमत संग्रह सोही दिन भइरहेको छ ।

पूर्व प्रधानमन्त्री शेख हसिनालाई सत्ताबाट हटाउने विद्यार्थी नेतृत्वको आन्दोलनपछि पहिलोपटक चुनाव हुन लागेको हो । 

चुनावको लागि मनोनयन दर्ता गर्ने अन्तिम मिति डिसेम्बर २९ र मनोनयन पत्रहरूको छानबिन डिसेम्बर ३० देखि जनवरी ४ सम्म जारी रहने आयोगले बताएको छ।

salt training

कमेन्ट गर्नुहोस्