३० जेठ २०८३, शनिबार
एमाले महाधिवेशन

उद्घाटन मञ्चको पृष्ठभूमिमा चागुनारायण मन्दिर, सल्लाघारीमा यसरी बन्दैछ स्टेज [फोटोफिचर]

मंसिर २६, २०८२
काठमाडौं
उद्घाटन मञ्चको पृष्ठभूमिमा चागुनारायण मन्दिर, सल्लाघारीमा यसरी बन्दैछ स्टेज [फोटोफिचर]

नेकपा (एमाले)को ११ औं महाधिवेशनको उद्‌घाटनका लागि मञ्च निर्माणको काम धमाधम भइरहेको छ । भोलि शनिबार महाधिवेशन उद्‌घाटनका लागि भक्तपुरको सल्लाघारीमा मञ्च निर्माणको काम अन्तिम चरणमा पुगेको छ । 

नेपालमा अहिलेसम्म बनेका मध्येकै अत्याधुनिक मञ्च बनाइएको मञ्च निर्माण समितिका संयोजक विनोद श्रेष्ठले बताए । उनका अनुसार उद्घाटनको मञ्चको पृष्ठभूमिमा चागुनारायण मन्दिर राखिएको छ ।

null

चार लेयरमा बन्न लागेको मञ्चमा ५ सय जना बस्न मिल्ने उनले बताए । मञ्चमा चारवटा लेयर रहने र माथिल्लो तलामा चाँगुनारायण मन्दिरको स्तम्भ खडा गरिएको उनको भनाइ छ । उनका अनुसार आज मञ्च निर्माण सकिने छ । टाढासम्म सुन्न सकिने गरी साउन्ड सिस्टमको व्यवस्था गरिएको श्रेष्ठले बताए । 

null

बुधबार सल्लाघारी चौरको सरसफाइ पनि गरिएको थियो । उद्‌घाटनका दिन ५ लाख नेता कार्यकर्ता उतार्ने लक्ष्य रहेको स्थायी कमिटी सदस्य लालबाबु पण्डितले बताए । शनिबार मध्याह्न अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्नेछन् ।

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्