
मोरङको विभिन्न स्थानबाट लागुऔषध ब्राउन सुगरसहित ४ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनसरीको हरिनगर गाउँपालिका- ७ का हविव खाँ र हरिनगर- ४ का इरसाद आलम छन् । उनीहरूलाई प्रहरीले १ सय ३१ ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो ।
यसै गरी इलाका प्रहरी कार्यालय रंगेलीले रंगेली नगरपालिका- ४ स्थितबाट धरान- ६ का निश्चल काफ्ले र बेलबारी- १० का सरोज डोटेललाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई प्रहरीले १ ग्राम ४२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङ र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।