३२ असार २०८३, बिहीबार

ट्रम्पको घोषणापछि पनि थाइल्यान्ड र कम्बोडियाबीच लडाइँ जारी

मंसिर २७, २०८२
काठमाडौं
ट्रम्पको घोषणापछि पनि थाइल्यान्ड र कम्बोडियाबीच लडाइँ जारी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका तर्फबाट थाइल्यान्ड र कम्बोडियाबीच युद्धविरामको घोषणापछि पनि शनिबार दुवै देशबीच लडाइँ जारी छ । 

ट्रम्पले शुक्रबार भनेका थिए, ‘दुवै देशका नेताहरूले आज (शुक्रबार) साँझदेखि सबै प्रकारका गोलीबारी रोक्ने सहमति जनाएका छन् र मसँग गरिएको मूल शान्ति सम्झौतामा फर्किने निर्णय गरेका छन्।’

तर शुक्रबार–शनिबार रातिसम्म गोलीबारी जारी रह्यो । यसैबीच, थाइल्यान्डको सेनाले कैयौं रणनीतिक क्षेत्रमा कब्जा गर्ने प्रयास गरिरहेको छ । थाइल्यान्डकी प्रधानमन्त्री अनुटिन चार्नविराकुलले अमेरिकी राष्ट्रपतिसँग भनेकी छन्, ‘युद्धबिराम तबमात्र सम्भव हुनेछ, जब कम्बोडियाले आफ्नो सेना फिर्ता बोलाउने र बारुदी सुरुङ हटाउनेछ ।’

उनले सामाजिक सञ्जालमा भनेकी छिन्, ‘थाइल्यान्ड तबसम्म सैन्य कारबाही गरिरहनेछ । जबसम्म हाम्रो जमिन र नागरिकका लागि कुनै असुरक्षाको महशुस हुनेछ ।’ थाइल्यान्ड र कम्बोडियाबीच लडाइँमा कम्तिमा २१ जनाको मृत्यु भएको छ र दुवै तर्फका करिब ७ लाख भन्दा बढी नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्