२३ जेठ २०८३, शनिबार

पोखरामा इन्फोरमेटिक्स कलेजको दीक्षान्त समारोह

मंसिर २८, २०८२
काठमाडौं
पोखरामा इन्फोरमेटिक्स कलेजको दीक्षान्त समारोह

बेलायतको लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त इन्फोरमेटिक्स कलेज पोखराले आफ्नो वार्षिक दीक्षान्त समारोह गरेको छ । शुक्रबार पोखरास्थित ग्रान्ड होटेलमा दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न भएको हो ।

समारोहमा स्नातक तह अन्तर्गत बीए (अनर्स) बिजनेस प्रशासन तथा बीएस्सी (अनर्स) कम्प्युटिङ कार्यक्रम सफलतापूर्वक पूरा गरेका विद्यार्थी दीक्षित भएका थिए । 

दीक्षान्त समारोहमा विद्यार्थीका अभिभावकको उल्लेखनीय र उल्लासमय उपस्थिति रहेको कलेजले जनाएको छ ।

इनोभेट नेपाल ग्रुपद्वारा सञ्चालित कलेजले आफ्नो परम्पराअनुसार यस वर्ष पनि उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने विद्यार्थीलाई इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति प्रदान गर्दै सम्मान गरेको छ । 

उक्त छात्रवृत्ति यस वर्ष मनिष धमलालाई प्रदान गरिएको हो । उनले इस्लिङ्टन कलेजमा एमएससी आईटी अध्ययनलाई निरन्तरता दिनेछन् । छात्रवृत्तिसँगै उनलाई इनोभेट नेपाल ग्रुप अन्तर्गतका संस्थामध्ये कुनै एकमा कार्यानुभव प्राप्त गर्ने अवसर पनि प्रदान गरिनेछ ।

समारोहमा इनोभेट नेपाल ग्रुपका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकी लगायत शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्वको उपस्थिति रहेको थियो । वक्ताहरूले स्नातक विद्यार्थीको सफल भविष्यको कामना गर्दै सीपमूलक र अन्तर्राष्ट्रियस्तरको शिक्षाको महत्त्वमा जोड दिएका थिए ।

इन्फोरमेटिक्स कलेज पोखरा सूचना प्रविधि, व्यावसायिक प्रशासन तथा सम्बन्धित क्षेत्रमा अन्तर्राष्ट्रियस्तरका स्नातक कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

गुणस्तरीय शिक्षा, अन्तर्राष्ट्रिय साझेदारी तथा विश्वव्यापी प्रतिस्पर्धामा विद्यार्थीलाई सक्षम बनाउने ज्ञान र सीप प्रदान गर्नु आफ्नो प्रमुख प्रतिबद्धता रहेको कलेजले जनाएको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्