०७ साउन २०८३, बिहीबार

गत वर्षको तुलनामा महँगीदर न्यून विन्दुमा

मंसिर २९, २०८२
काठमाडौं
गत वर्षको तुलनामा महँगीदर न्यून विन्दुमा
फाइल फोटो

​चालु आर्थिक वर्षको कात्तिक महिनासम्म उपभोक्ता मूल्य सूचकाङ्क (मुद्रास्फीति) अर्थात् महँगी औसतमा १.११ प्रतिशतमा झरेको छ ।

कात्तिक महिनासम्म मुद्रास्फीति औसत १.१ प्रतिशतमा झरेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको हो ।

राष्ट्र बैंकका अनुसार कात्तिक महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.११ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.६० प्रतिशत रहेको थियो ।

कात्तिकमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.३२ प्रतिशतले ऋणात्मक रहेको छ, भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६९ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ९.१० प्रतिशत र ३.६५ प्रतिशत रहेको थियो ।

चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनाको औसत मुदास्फीति १.५३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति ४.५९ प्रतिशत रहेको थियो । 

null

salt training

कमेन्ट गर्नुहोस्