१० असार २०८३, बुधबार

बबरमहल विस्फोटका अभियुक्त जेलमुक्त भएको ६ वर्षपछि फेरि अर्को मुद्दामा पक्राउ

पुस १, २०८२
काठमाडौं
बबरमहल विस्फोटका अभियुक्त जेलमुक्त भएको ६ वर्षपछि फेरि अर्को मुद्दामा पक्राउ

बबरमहलस्थित आयल निगम अगाडि बम विस्फोट गराएको घटनाका अभियुक्त फेरि अर्को घटनामा पक्राउ परेका छन् ।

२०६८ फागुन २५ गते भएको घटनामा सजाय काटेर छुटेका राजकुमार तामाङ लामालाई प्रहरीले विस्फोटक पदार्थसम्बन्धी अर्को मुद्दामा मंगलबार काठमाडौंको कपनस्थित घरबाटै पक्राउ गरेको हो ।

५० वर्षीय लामाले आफूलाई कुमार, विश्वक्रान्ति तथा देवराज लामा नामले समेत चिनाउँदै आएका थिए । लामको स्थायी घर भने धनकुटाको पाख्रीबास- ९ हो ।

बबरमहल घटनामा २०६९ असार १२ गते पक्राउ परेर २०७६ मा प्रजातन्त्र दिवसको अवसरमा छुटेका लामा जिल्ला प्रहरी कार्यालय पाँचथरमा दर्ता भएको विस्फोटक पदार्थसम्बन्धी मुद्दामा फरार रहँदै आएका थिए ।

सोही मुद्दामा उनलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए ।

उनले बबरमहलमा विस्फोट गराउँदा मानबहादुर तामाङसहित ३ जनाको मृत्यु भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्