०८ साउन २०८३, शुक्रबार

३६ लाख रुपैयाँ जरिवानाको फैसला भएका व्यक्ति पक्राउ

पुस १, २०८२
काठमाडौं
३६ लाख रुपैयाँ जरिवानाको फैसला भएका व्यक्ति पक्राउ

वैदेशिक कसुर मुद्दामा कैद तथा जरिवाना भई फरार रहेका एक व्यक्ति पक्राउ परेका छन्।

काठमाडौं जिल्ला अदालतबाट २०८१ असोज २३ गते वैदेशिक कसुर मुद्दामा प्रतिवादी मनोहर लाल श्रेष्ठलाई पाँच दिन कैद र ३६ लाख रुपैयाँ जरिवानाको फैसला भएको थियो। फैसला पश्चात् फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले काठमाडौं महानगरपालिका वडा नम्बर १५ स्थित स्वयम्भू क्षेत्रबाट पक्राउ गरेको हो।

पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित जिल्ला अदालत काठमाडौं बबरमहल पठाइएको प्रहरीले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्