११ असार २०८३, बिहीबार

चोरीका गहना बिक्री गरेको आरोपमा २ जना पक्राउ

पुस ६, २०८२
काठमाडौं
चोरीका गहना बिक्री गरेको आरोपमा २ जना पक्राउ

सुनका गरगहना चोरी गरी बिक्री गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरी वृत्त बालाजुको टोलीले तारकेश्वर नगरपालिका–४ माछापुच्छ्रे टोलस्थित एक व्यक्तिको डेराबाट सुनका गरगहना चोरी गर्ने तथा बिक्री गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका घर भई काठमाडौंको नयाँ बसपार्क बस्ने २४ वर्षीय अशोक क्षेत्री र रसुवाको नौकुण्ड गाउँपालिलिका–१ घर भई काठमाडौंको नयाँबजार बस्ने ३६ वर्षीय रामकृष्ण विक छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले सुनको गरगहना चोरीमा क्षेत्री र बेचबिखनमा विक संलग्न रहेको अनुसन्धानका क्रममा खुलेको जानकारी दिए ।

प्रहरीले पक्राउ परेका क्षेत्रीको साथबाट रेडमी मोबाइल एक थान, आइफोन चार थान, फलामको छिनो एक थान र अमेरिकी डलरसमेत बरामद गरेको छ ।

यस्तै, विकसँग सुनको ब्रासलेट एक थान, औँठी एक थान, नथी एक थान, तिलहरी एक थान, सिक्री एक थान, पाउजु एक थान, बाला एक थानलगायतका गरगहना बरामद गरेको छ ।

पक्राउ परेका दुवै जना माथि थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए । 

salt training

कमेन्ट गर्नुहोस्