०९ साउन २०८३, शनिबार

लुम्बिनी लायन्सको ट्रफी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुमपूर्व पुर्‍याइयो

पुस ८, २०८२
काठमाडौं
लुम्बिनी लायन्सको ट्रफी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुमपूर्व पुर्‍याइयो

यस वर्षको नेपाल प्रिमियर लिग (एनपीएल)को विजेता टोली लुम्बिनी लायन्स  ‘च्याम्पियन्स ट्रफी सेलिब्रेसन टुर’मा निस्केको छ ।

सोही क्रममा टोली सोमबार साँझ लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुमपूर्व पुगेको छ ।

च्याम्पियन्स ट्रफी आफ्नो जिल्ला पुग्दा रुकुमपूर्वका खेलप्रेमीहरू निकै खुसी देखिएका थिए । 

रूकुमकोटमा लुम्बिनी लायन्सको टोली भव्य स्वागत भएको पत्रकार मनिष खड्काले जनाएका छन्  । 

सिस्ने गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, जिल्लास्थित कार्यालय, उद्योग वाणिज्य संघ, खेलकुद विकास समिति, पत्रकार, सम्पूर्ण खेलप्रेमी र जनप्रतिनिधिले भव्य स्वागत गरेको उनले बताएका छन् ।

null

सुदूरपश्चिम रोयल्सलाई फाइनलमा हराउँदै एनपीएलको ट्रफी जितेको लुम्बिनी लायन्स प्रदेशका बाह्रै जिल्लाको यात्रामा निस्किएको छ । 

​बाँकेबाट शुरू भएको ट्रफी टुर बर्दिया, दाङपछि रुकुमपूर्व पुगेको हो । ट्रफी टुर यही पुस १६ गते बुटवलमा भव्य समापन गरिने बताइएको छ । 

null
सबै तस्वीर : पत्रकार मनिष खड्काको फेसबुकबाट ।

salt training

कमेन्ट गर्नुहोस्