२९ असार २०८३, सोमबार

बुधबारको विनिमयदर- अमेरिकी डलर एकको खरिददर १४३ रूपैयाँ १५ पैसा

पुस ९, २०८२
काठमाडौं
बुधबारको विनिमयदर- अमेरिकी डलर एकको खरिददर १४३ रूपैयाँ १५ पैसा

नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर १४३ रूपैयाँ १५ पैसा र बिक्रीदर १४३ रूपैयाँ ७५ पैसा निर्धारण गरिएको छ ।     
     
यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रूपैयाँ ९० पैसा र बिक्रीदर १६९ रूपैयाँ ६१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रूपैयाँ ३७ पैसा र बिक्रीदर १९४ रूपैयाँ १८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रूपैयाँ ७९ पैसा र बिक्रीदर १८२ रूपैयाँ ५५ पैसा कायम गरिएको छ ।     
     
अष्ट्रेलियन डलर एकको खरिददर ९५ रूपैयाँ ८४ पैसा र बिक्रीदर ९६ रूपैयाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रूपैयाँ ४५ पैसा र बिक्रीदर १०४ रूपैयाँ ८९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रूपैयाँ ४० पैसा र बिक्रीदर १११ रूपैयाँ ८७ पैसा तोकिएको छ ।     
     
जापानी येन १० को खरिददर नौ रूपैयाँ १८ पैसा र बिक्रीदर नौ रूपैयाँ २२ पैसा, चिनियाँ युआन एकको खरिददर २० रूपैयाँ ३७ पैसा र बिक्रीदर २० रूपैयाँ ४५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रूपैयाँ १७ पैसा र बिक्रीदर ३८ रूपैयाँ ३३ पैसा, कतारी रियाल एकको खरिददर ३९ रूपैयाँ २७ पैसा र बिक्रीदर ३९ रूपैयाँ ४४ पैसा कायम भएको छ ।     
     
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ ६० पैसा र बिक्रीदर चार रूपैयाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ३८ रूपैयाँ ९८ पैसा र बिक्रीदर ३९ रूपैयाँ १४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रूपैयाँ २२ पैसा र बिक्रीदर ३५ रूपैयाँ ३७ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ६७ पैसा र बिक्रीदर नौ रूपैयाँ ७१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रूपैयाँ ६० पैसा र बिक्रीदर १५ रूपैयाँ ६७ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रूपैयाँ ६१ पैसा र बिक्रीदर २२ रूपैयाँ ७१ पैसा तोकिएको छ ।     
     
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रूपैयाँ ४१ पैसा र बिक्रीदर १८ रूपैयाँ ४८ पैसा, कुवेती दिनार एकको खरिददर ४६६ रूपैयाँ २६ पैसा र बिक्रीदर ४६८ रूपैयाँ २१ पैसा , बहराइन दिनार एकको खरिददर ३७९ रूपैयाँ ६५ पैसा र बिक्रीदर ३८१ रूपैयाँ २४ पैसा , ओमनी रियाल एकको खरिददर ३७१ रूपैयाँ ८१ पैसा र बिक्रीदर ३७३ रूपैयाँ ३७ पैसा रहेको छ । यस्तै,भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।     
     
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।     
 

salt training

कमेन्ट गर्नुहोस्