२९ असार २०८३, सोमबार

एनभीए भलिबल : पुलिस क्लबको विजयी शुरूआत, सुदूरपश्चिम पराजित

पुस ११, २०८२
काठमाडौं
एनभीए भलिबल : पुलिस क्लबको विजयी शुरूआत, सुदूरपश्चिम पराजित

नेपाल भलिबल संघ (एनभीए)द्वारा आयोजित नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप–२०८२ मा महिलातर्फ नेपाल पुलिस क्लबले विजयी शुरूआत गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा खेलाइएको पहिलो खेलमा पुलिस क्लबले सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्लाई ३–० को सोझो सेटमा हराएको हो ।

पहिलो सेटको नतिजालाई २५–१० अंकले आफ्नो पक्षमा पारेको विभागीय टोली पुलिस क्लबले दोस्रो सेटमा पनि २५–६ अंकको अग्रता बनाएको थियो ।

तेस्रो सेटको नतिजालाई पनि पुलिस क्लबले २५–११ अंकले आफ्नो पक्षमा पार्‍यो । महिलातर्फ पुलिस क्लब र सुदूरपश्चिम पुल ‘बी’ मा रहेका छन् ।

महिलातर्फ पनि तीन विभागीय टोलीसँगै न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब, एभरेस्ट भलिबल क्लब, चुली युवा क्लब, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् र मधेश प्रदेश खेलकुद परिषद्को टोलीले सहभागिता जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्