०४ साउन २०८३, सोमबार

नवौं एनभीए महिला भलिबलमा न्यु डायमण्डको सुखद शुरूआत

पुस १२, २०८२
काठमाडौं
नवौं एनभीए महिला भलिबलमा न्यु डायमण्डको सुखद शुरूआत

नेपाल भलिबल संघ (एनभीए)द्वारा आयोजित नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप–२०८२ मा महिलातर्फ न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले सुखद शुरूआत गरेको छ ।

प्रतियोगिताको दोस्रो दिन शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा खेलिएको खेलमा न्यु डायमण्डले चुली युवा क्लबलाई ३–० को‌ सोझो सेटमा हराएको हो ।

पुल ‘ए’ अन्तर्गतको एकतर्फी खेलमा न्यु डायमण्डले पहिलो सेटको नतिजालाई २५–१० अंकले आफ्नो पक्षमा पारेको थियो ।

न्यु डायमण्डले दोस्रो सेटको नतिजालाई पनि सजिलै २५–५ अंकले आफ्नो पक्षमा पार्‍यो ।

तेस्रो सेटको भिडन्त भने प्रतिस्पर्धात्मक थियो । तर, तेस्रो सेटको खेलमा पनि न्यु डायमण्ड २५–१५ अंकले विजयी भयो ।

न्यु डायमण्डकी प्रभावशाली खेलाडी प्रतिभा माली पनि विदेशबाट फर्किएर छिट्टै टोलीमा सहभागी हुने बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्