
नेपाल भलिबल संघ (एनभीए)द्वारा आयोजित नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ विभागीय टोली नेपाल पुलिस क्लब सेमिफाइनलमा पुगेको छ ।
पुलिस क्लब समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा बुधबार सम्पन्न खेलमा पुलिस क्लबले मधेश प्रदेश खेलकुद परिषद्लाई ३–० को सोझो सेटमा हरायो ।
पुलिस क्लबले पहिलो सेटको नतिजालाई २५–३ ले सजिलै आफ्नो पक्षमा पार्यो ।
दोस्रो सेटमा पनि पुलिस क्लब २५–८ अंकले अगाडि रह्यो ।
तेस्रो सेटको नतिजालाई २५–९ ले आफ्नो पक्षमा पार्दै पुलिस क्लब क्लब सजिलै विजयी भयो ।