२९ असार २०८३, सोमबार

पाँचौं एसेस टेस्टका लागि इङ्ल्यान्डले गर्‍यो टोली घोषणा, १५ वर्षपछि जितको आश

पुस १८, २०८२
काठमाडौं
पाँचौं एसेस टेस्टका लागि इङ्ल्यान्डले गर्‍यो टोली घोषणा, १५ वर्षपछि जितको आश

परम्परागत एसेस टेस्ट क्रिकेट शृंखलाको पाँचौं तथा अन्तिम खेलका लागि शुक्रबार इङ्ल्यान्डले आफ्नो टोलीको घोषणा गरेको छ ।

पाँच टेस्टको शृंखला घरेलु टोली अस्ट्रेलियाले यसअघि नै जितिसकेको छ । शृंखलामा अस्ट्रेलियन टोली ३–१ ले अगाडि छ ।

शृंखलाको पहिलो, दोस्रो र तेस्रो टेस्टमा अस्ट्रेलिया विजयी भएको थियो । चौथो टेस्टमा भने भ्रमणकारी टोली इङ्ल्यान्ड विजयी भएको थियो ।

पाँचौं टेस्ट आइतबारदेखि शुरू हुनेछ । पाँचौं टेस्टका लागि घोषित इङ्ल्यान्डको १२ सदस्यीय टोलीमा दुई वटा परिवर्तन गरिएको छ ।

स्पिनर शोएब बशीर र तीव्रगतिका बलर म्याथ्यू पट्सलाई टोलीमा समावेश गरिएको छ । यसका अतिरिक्त, गस एटकिन्सनलाई पनि टोलीमा स्थान दिइएको छ ।

टोलीको कप्तानी बेन स्टोक्सले गर्नेछन् भने अनुभवी जो रुटलाई पनि टोलीमा समेटिएको छ ।

इङ्ल्यान्डको टोलीमा बेन स्टोक्स (कप्तान), सोएब बशीर, ज्याकब बेथल, ह्यारी ब्रुक, ब्राइडन कार्स, ज्याक क्रावली, बेन डकेट, विल ज्याक्स, म्याथ्यू पट्स, जो रुट, जामी स्मिथ र जोस टङ छन् ।

पाँचौं टेस्ट हुने सिड्नी क्रिकेट ग्राउन्डमा हालसम्म इङ्ल्यान्डले ५७ टेस्ट खेलेको छ । त्यसमध्ये इङ्ल्यान्डले २२ खेल जितेको छ । २७ टेस्टमा इङ्ल्यान्ड पराजित भएको छ ।

आठ टेस्ट भने बराबरीमा सकिएको छ । इङ्ल्यान्डले सिडनी क्रिकेट ग्राउन्डमा अन्तिम टेस्ट सन् १५ वर्षअघि जितेको थियो ।

अस्ट्रेलियाका अनुभवी ब्याट्सम्यान उस्मान ख्वाजाले पनि पाँचौं टेस्टपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्‍यास लिने घोषणा गरिसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्