२८ असार २०८३, आइतबार

सुनसरी गोली प्रकरण : ​एसएसपीको नेतृत्वमा छानबिन समिति गठन

पुस १८, २०८२
काठमाडौं
सुनसरी गोली प्रकरण : ​एसएसपीको नेतृत्वमा छानबिन समिति गठन
फाइल फोटो

सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर सर्वसाधारणको मृत्यु भएको घटनाको छानबिन गर्न सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।​

एसएसपी रविनराज कर्णजीतको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको हो ।

समिति सदस्यमा कोशी प्रदेशको नम्बर १ बराह बाहिनी मुख्यालय पकलीका एसपी र सशस्त्रको कानून महाशाखाका एक डीएसपी रहनेछन् ।

यो समितिले घटनाबारे सत्य तथ्य छानबिन गरेर प्रतिवेदन पेस गरेपछि गल्ती देखिएमा विभागीय कारबाहीको प्रक्रिया अघि बढाइने सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ ।

मुख्यालयका अनुसार घटना छानबिनका लागि अहिले बोर्डर आउट पोस्ट (बीओपी) कमान्डर, गुल्म कमान्ड र गण कमान्डरलाई बाहिनीमा झिकाइए सोधपुछ शुरू गरिएको छ ।

लौकही बीओपीका कमान्डर इन्स्पेक्टर मनीषकुमार कटुवाल, सीमा सुरक्षा गुल्म हरिपुरका कमान्डर डीएसपी गणेश दत्त पाण्डे र नम्बर ४ गण सुनसरीका कमान्डर एसपी निर्मलकुमार थापा छन् ।

उनीहरू तीनै जनालाई बाहिनी झिकाएर छानबिन अघि बढाइएको मुख्यालयले जनाएको छ ।

बुधबार मध्यराति सशस्त्र प्रहरीले चलाएको गोली लागेर सुनसरीको कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको मृत्यु भएको थियो ।

चिनी तस्करी आरोपमा गोली चलाइएको सशस्त्रको दाबी छ ।

salt training

कमेन्ट गर्नुहोस्