
चर्चित अमेरिकी टेनिस खेलाडी भेनस विलियम्सले वर्षको पहिलो ग्रान्डस्लाम प्रतियोगिता अस्ट्रेलियन ओपन खेल्न वाइल्ड कार्ड प्राप्त गरेकी छन् ।
भेनसले ४५ वर्षको उमेरमा ग्रान्डस्लाम प्रतियोगिता खेल्न वाइल्ड कार्ड पाएकी हुन् । उनी अस्ट्रेलियन ओपन खेल्न वाइल्ड कार्ड पाउने सबैभन्दा बढी उमेरकी महिला खेलाडी हुन् ।
उनी सबैभन्दा अस्ट्रेलियन ओपन खेल्ने सबैभन्दा बढी उमेरकी महिला खेलाडी पनि हुन् । अस्ट्रेलियन ओपनर जनवरी १८ तारिखदेखि शुरू हुँदैछ ।
विश्व टेनिसको चारवटा ग्रान्डस्लाम प्रतियोगितामध्ये भेनसले हालसम्म अस्ट्रेलियन ओपन र फ्रेन्च ओपनको उपाधि जित्न सकेकी छैनन् ।
बाँकी दुई ग्रान्डस्लाम प्रतियोगितामध्ये उनले पाँचपटक विम्बल्डन र दुईपटक यूएस ओपनको उपाधि जितेकी छन् । उनले पछिल्लो पटक सन् २००८ मा विम्बल्डनको उपाधि जितेकी थिइन् ।
भेनस पहिलो पटक सन् २०२१ मा मेलबर्न पार्कको कोर्टमा ओर्लिएकी थिइन् । त्यतिबेला दोस्रो चरणको खेलमा उनी इटालीकी सारा इरानीसँग पराजित भएकी थिइन् ।
‘यो अवसरका लागि म आयोजकप्रति आभारी छु । मेरा लागि यो निकै ठूलो सम्मान र अवसर पनि हो,’ वाइल्ड कार्ड पाएपछि भेनसले भनेकी छन् ।