२३ असार २०८३, मंगलबार

दिल्लीको रामलीला मैदान नजिक अतिक्रमण हटाउँदा झडप, ढुंगामुढा र अश्रुग्यास प्रयोग

पुस २३, २०८२
काठमाडौं
दिल्लीको रामलीला मैदान नजिक अतिक्रमण हटाउँदा झडप, ढुंगामुढा र अश्रुग्यास प्रयोग

दिल्लीको रामलीला मैदान नजिक रहेको तुर्कमान गेट क्षेत्रमा गएराति अतिक्रमण हटाउने क्रममा झडप भएको छ । दिल्ली हाईकोर्टको आदेशअनुसार नगर निगम (एमसीडी) ले मस्जिद र कब्रिस्तानसँग जोडिएको जमिनबाट अवैध संरचना हटाउने क्रममा १७ वटा बुलडोजर प्रयोग गरेको थियो ।

राति करिब १ बजे मस्जिद नजिक बनेका बारात घर, डायग्नोस्टिक सेन्टर र पसलहरू भत्काइएका हुन् । सो क्रममा भीडले एमसीडीका कर्मचारी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेको थियो । भीडले बेरिकेड तोडेर काममा अवरोध गर्ने प्रयास गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरी स्थिति नियन्त्रणमा लिएको थियो ।

केन्द्रीय दायराका संयुक्त प्रहरी आयुक्त मधुर वर्माका अनुसार हाल स्थिति नियन्त्रणमा छ । सम्पूर्ण क्षेत्रलाई ९ वटा जोनमा विभाजन गरिएको छ र प्रत्येक जोनको जिम्मेवारी एडीसीपी तहका अधिकारीलाई दिइएको छ । संवेदनशील स्थानमा थप प्रहरी बल तैनाथ गरिएको छ । ढुंगामुढामा संलग्न व्यक्तिहरूको पहिचान भिडियो फुटेजका आधारमा गरिने उनले बताए ।

डिसीपी निधिन वलसनका अनुसार एमसीडीले हाईकोर्टको आदेशअनुसार कारबाही गरिरहेको हो । ढुंगामुढामा ४–५ जना प्रहरी अधिकारीलाई सामान्य चोट लागेको उनले जानकारी दिए ।


 

salt training

कमेन्ट गर्नुहोस्