२६ असार २०८३, शुक्रबार

ग्रीनल्यान्ड कब्जाबारे यस्तो छ ट्रम्पको योजना, सैन्य विकल्प पनि खुला

पुस २३, २०८२
काठमाडौं
ग्रीनल्यान्ड कब्जाबारे यस्तो छ ट्रम्पको योजना, सैन्य विकल्प पनि खुला

भेनेजुएलामा भएको हमलापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्यान्डलाई लिएर अभिव्यक्ति दिइरहेका छन् । ह्वाइट हाउसका अनुसार अमेरिकाले ग्रीनल्यान्ड हासिल गर्ने विभिन्न विकल्पमाथि छलफल गरिरहेको छ । जसमा सैन्य बल प्रयोग गर्ने विकल्प पनि समावेश छ ।

ह्वाइट हाउसले ग्रीनल्यान्ड अमेरिकी राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण भएको जनाएको छ । ह्वाइटहाउसले बीबीसीलाई दिएको प्रतिक्रियामा भनिएको छ, 'राष्ट्रपति र उनको टिम यो महत्वपूर्ण विदेश नीति लक्ष्य हासिल गर्न विभिन्न विकल्पबारे छलफल गरिरहेका छन् । कमाण्डर–इन–चिफका रूपमा अमेरिकी सेना प्रयोग गर्नु सधैं एक विकल्प हुन्छ।'

यसअघि पनि ट्रम्पले सुरक्षा कारण देखाउँदै अमेरिका ग्रीनल्यान्ड चाहिने बताएका थिए । ग्रीनल्यान्ड डेनमार्कअन्तर्गत पर्छ । त्यहाँ सन् १९७९ देखि स्वशासन लागू भए पनि रक्षा र विदेश नीति डेनमार्ककै नियन्त्रणमा छ । ग्रीनल्यान्डको जनसंख्या करिब ५७ हजार मात्र छ ।

ट्रम्पको भनाइपछि डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिकसनले कडा प्रतिक्रिया दिएकी छन् । उनले अमेरिका तर्फबाट कुनै पनि सैन्य आक्रमण भए त्यसले नेटो गठबन्धनको अन्त्य हुने चेतावनी दिएकी छन् ।

मंगलबार युरोपका सात देशले डेनमार्कको समर्थनमा संयुक्त वक्तव्य जारी गरेका छन् । बेलायत, फ्रान्स, जर्मनी, इटाली, पोल्याण्ड, स्पेन र डेनमार्कका नेताहरूले जारी गरेको वक्तव्यमा भनिएको छ, 'ग्रीनल्यान्ड त्यहाँका जनताको हो । डेनमार्क र ग्रीनल्यान्डले आपसी सम्बन्धका विषयमा निर्णय गर्ने अधिकार उनीहरूसँग मात्र छ।'

salt training

कमेन्ट गर्नुहोस्