२९ जेठ २०८३, शुक्रबार

निर्वाचनलिक्षित 'म्यादी प्रहरी'मा आवेदन दिन युवाको लाम [तस्वीरहरू]

पुस २५, २०८२
काठमाडौं
निर्वाचनलिक्षित 'म्यादी प्रहरी'मा आवेदन दिन युवाको लाम [तस्वीरहरू]

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन प्रहरी (म्यादी प्रहरी)मा आवेदन खुलेको छ ।

आज बिहानैदेखि निर्वाचन प्रहरीमा आवेदन दिन तन्नेरीहरू लाम लागेका हुन् । 

देशभरका जिल्ला प्रहरी कार्यालयबाट आवेदन दिन पाइन्छ । 

काठमाडौंको भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरमा फारम भर्ने युवाको लामो लाइन लागेको छ । 

नेपाल प्रहरीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि १ लाख ३३ हजार बढी म्यादी प्रहरीका लागि भर्ना खुलाएको छ । 

null

दरखास्त फाराम आजदेखि माघ १ गतेसम्म (सार्वजनिक बिदा दिनसमेत) बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित जिल्ला प्रहरी कार्यालय तथा काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रहरी परिसरबाट बुझाउन सकिनेछ।

null

निर्वाचन प्रहरीका लागि आवेदन दिने उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ। साथै, नेपाली नागरिकता, सामान्य लेखपढ गर्न सक्ने क्षमता, कुनै फौजदारी अभियोगमा सजाय नपाएको, कुनै राजनीतिक दलको सदस्य नरहेको, शारीरिक तथा मानसिक रूपमा स्वस्थ भएको हुनुपर्ने योग्यता तोकिएको छ। 

null

नेपाल प्रहरीका अनुसार निर्वाचन प्रहरीको सेवा अवधि नियुक्ति मितिदेखि जम्मा ४० दिन रहनेछ। सेवा अवधिमा प्रतिदिन नेपाल प्रहरी जवानको शुरू तलब स्केल बराबर पारिश्रमिक प्रदान गरिनेछ । 

null

साथै, खाना खर्च, तयारी खर्च तथा खाजा खर्चसमेत उपलब्ध गराइने जनाइएको छ। निर्वाचनको क्रममा ड्युटीमा आउजाउका लागि एकपटक तयारी खर्चसमेत दिइनेछ।

null

छनोट प्रक्रिया माघ १४ गते सम्बन्धित प्रहरी कार्यालयमै सञ्चालन हुनेछ। छनोटको अन्तिम नतिजा माघ १७ गते प्रकाशन गरिने र प्रशिक्षण माघ १८ गतेदेखि शुरू हुने सूचनामा उल्लेख छ।

null

null

null

null

null

null

null

null

null

null

तस्वीर: नेपाल फोटो लाइब्रेरी

 

salt training

कमेन्ट गर्नुहोस्