०९ साउन २०८३, शनिबार

केएमसी बास्केटबलको ३ विधामा ३२ टोली

पुस २५, २०८२
काठमाडौं
केएमसी बास्केटबलको ३ विधामा ३२ टोली

केएमसी स्कूलको आयोजनामा पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबारदेखि शुरू हुने भएको छ ।

प्रतियोगितामा तीन विधामा विभिन्न २४ विद्यालयका ३२ टोलीको सहभागिता रहने जानकारी केएमसीका प्रिन्सिपल द्वारिकानाथ अम्गाईंले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दिए ।

प्रतियोगितामा सिनियर ब्वाइज र जुनियर ब्वाइजमा समान १२/१२ टोलीको सहभागिता रहने छ । सिनियर गर्ल्स स्पर्धामा भने आठ टोलीले भाग लिनेछन् ।

सिनियर/जुनियर ब्वाइजलाई चार तथा सिनियर गर्ल्सलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

केएमसीका कार्यकारी निर्देशक डा. ध्रुव भट्टराईले प्रतिभावान खेलाडीको पहिचान गर्दै अन्तर्राष्ट्रिय मञ्चमा राष्ट्रको प्रतिनिधित्व गर्ने खेलाडी तयार गर्न प्रतियोगिता महत्त्वपूर्ण सावित हुने बताए ।

केएमसीका निर्देशक एसोसिएट प्रोफेसर डा. मनोजकुमार थापाले प्रतियोगिता सञ्चालन गर्न करिब चार लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको जानकारी दिए ।

सिनियर ब्वाइजमा विल्सन एकेडेमी, जुनियर ब्वाइजमा कश्यप एकेडेमी र सिनियर गर्ल्समा रिब्स साबिक विजेता हुन् । प्रतियोगिता माघ ३ गतेसम्म चल्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्