२८ असार २०८३, आइतबार

भारतको हिमाचलस्थित सिरमौरमा बस दुर्घटना, कम्तीमा १२ जनाको मृत्यु

पुस २६, २०८२
काठमाडौं
भारतको हिमाचलस्थित सिरमौरमा बस दुर्घटना, कम्तीमा १२ जनाको मृत्यु

भारतको हिमाचल प्रदेशस्थित सिरमौर जिल्लामा बस दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको छ।

समाचार एजेन्सी एएनआईका अनुसार कुपवीबाट शिमला जाँदै गरेको एक निजी बस सिरमौर जिल्लाको हरिपुरधर नजिकै सडकबाट तल खसेको हो । 

बसमा ४५ जना सवार थिए। घाइते सबैलाई विभिन्न अस्पतालमा सारिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

दुर्घटना के कारणले भयो भन्ने कुरा अझै थाहा भएको छैन।

salt training

कमेन्ट गर्नुहोस्