०५ साउन २०८३, मंगलबार

माघ २४ र २५ गते पहिलो ललितपुर मेयर कप राष्ट्रिय पौडी प्रतियोगिता हुने

पुस २७, २०८२
काठमाडौं
माघ २४ र २५ गते पहिलो ललितपुर मेयर कप राष्ट्रिय पौडी प्रतियोगिता हुने

पहिलो ललितपुर मेयर कप राष्ट्रिय पौडी प्रतियोगिता २०८२ आगामी माघ २४ र २५ गते ललितपुरको सातदोबाटोस्थित इन्डोर हिटेड पौडी पोखरीमा आयोजना हुने भएको छ ।

'मेयर कप - राष्ट्रिय पौडीको नयाँ अध्याय' भन्ने नाराका साथ सगरमाथा स्विम क्लबले पहिलो पटक मेयर कप स्विमिङ प्रतियोगिता आयोजना गर्न लागेको हो ।

ललितपुर महानगरपालिकाले प्रबर्द्धन गर्ने यस प्रतियोगितामा नेपाल स्विमिङ संघको प्राविधिक सहयोग उपलब्ध गराउनेछ ।

वर्ल्ड अक्वाटिक्स र नेपाल स्विमिङ संघको खेल नियमको आधारमा प्रतियोगिता आयोजना गरिनेछ ।

२ दिन सम्म चल्ने प्रतियोगितामा उमेर समूह (८ वर्ष मुनिदेखि १७ वर्षसम्म) र खुल्ला समूहमा (महिला र पुरुष) गरेर कुल ७१ वटा इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ ।

नेपाली पौडी खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धाका लागि तयार गर्न क्षमता अभिबृद्धिमा सहयोग गर्ने उद्देश्यले पहिलो पटक मेयर कप पौडी प्रतियोगिता आयोजना गर्न लागिएको सगरमाथा स्विम क्लबका संरक्षक तथा राष्ट्रिय पौडी प्रशिक्षक रत्नलाल महर्जनले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्