
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन समेत गर्न सक्ने गरी कार्यविधि पारित भएको छ ।
बन्दशत्रको शुरूमा सोमबार हलले सर्वसम्मतिका साथ कार्यविधि पारित गरेको हो ।
उक्त कार्यविधिको बुँदा नम्बर ५ मा नयाँ केन्द्रीय समितिको निर्वाचन गर्ने विषय समावेश छ ।
'नेपाली कांग्रेसको चौधौं महाधिवेशन २०७८ (मंसिर २४ देखि २८)बाट निर्वाचित मौजुदा केन्द्रीय कार्य समितिको पदावधि समाप्त भइसकेकाले केन्द्रीय कार्यसमितिको विघटन गर्ने र नेपाली कांग्रेसको १५ औं महाधिवेशन सम्पन्न नहुँदासम्मका लागि नयाँ केन्द्रीय समितिको निर्वाचन गर्ने,' बुँदा नम्बर ५ (घ) मा भनिएको छ ।
हेर्नुहोस्, कार्यविधि :




