०५ साउन २०८३, मंगलबार
कांग्रेस विभाजनउन्मुख

गगन, विश्व र फरमुल्लाहलाई कारबाही गर्ने कांग्रेस केन्द्रीय समितिको निर्णय

पुस ३०, २०८२
काठमाडौं
गगन, विश्व र फरमुल्लाहलाई कारबाही गर्ने कांग्रेस केन्द्रीय समितिको निर्णय

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेतालाई कारबाही गर्ने निर्णय गरेको छ ।

बुधबार केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले उनीहरूलाई कारबाही गर्ने निर्णय गरेको गरेको हो । 

गगनलाई साधारण सदस्य समेत नरहनेगरि तथा विश्व र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि कारबाही गर्ने बैठकले निर्णय गरेको एक नेताले जानकारी दिए ।

बैठकले विशेष महाधिवेशनमा भेलामा रहेका सम्पूर्ण नेताहरूलाई आफ्नो जिम्मेवारी फर्कन अपील समेत गरेको ती नेताले जानकारी दिए । 

साेनपामा केन्द्रीय समिति बैठक चलिरहँदा भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी छ । महामन्त्रीद्वय गगन र विश्वको अगुवाइमा भएको विशेष महाधिवेशन नेतृत्व चयनतर्फ अघि बढेको छ ।

केन्द्रीय समिति बैठकमा विशेष महाधिवेशन पक्षधर नेताहरू भने सहभागी भएका थिएनन् । 

आइतबार शुरू भएको विशेष महाधिवेशनमा बन्दसत्र जारी छ ।

यसबीचमा सहमति जुटाउने भनेर दुवै पक्षबीच मंगलबार र बुधबार पटक पटक वार्ता भए पनि सहमति जुट्न सकेन । 

salt training

कमेन्ट गर्नुहोस्