२९ असार २०८३, सोमबार
कांग्रेसको विशेष महाधिवेशन

कांग्रेसको नयाँ नेतृत्व : गगन सभापति, विश्व-पुष्पा उपसभापति, महामन्त्रीमा गुरु र प्रदीप

पुस ३०, २०८२
काठमाडौं
कांग्रेसको नयाँ नेतृत्व : गगन सभापति, विश्व-पुष्पा उपसभापति, महामन्त्रीमा गुरु र प्रदीप

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगनकुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ ।

भृकुटीमण्डमा पुस २७ देखि शुरू भएको विशेष महाधिवेशनले कांग्रेसको सभापतिमा गगनलाई सर्वसम्मत हिसाबले सभापति निर्वाचित गरेको हो ।

विश्वस्त स्रोतका अनुसार, उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल निर्वाचित भएका छन् । यसैगरी, महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका छन् ।

परिणाम औपचारिक घोषणा हुन बाँकी नै छ ।

salt training

कमेन्ट गर्नुहोस्