
नेपाली कांग्रेसको महामन्त्रीमा गुरुराज घिमिरे र प्रदीप पौडेल चयन भएका छन् । कांग्रेसको विशेष महाधिवेशनबाट घिमिरे र पौडेल सर्वसम्मत निर्वाचित बनेका हुन् ।
बुधबार राति सम्पन्न विशेष महाधिवेशनबाट सभापति भने गगन थापा चयन भएका छन् ।
महामन्त्री बनेका घिमिरे नेविसंघको सभापति हुँदा गगन महामन्त्री थिए । २०६२ सालको जनआन्दोलन अघि गणतन्त्रको नारा लगाउँदा गुरु र गगनविरुद्ध राजद्रोहको मुद्दा लागेको थियो ।