![प्रहरीका ११ जना एसएसपीको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/nepal-police_BumObgfmU9.jpg)
नेपाल प्रहरीको जनपदतर्फका ११ जना एसएसपी (वरिष्ठ उपरीक्षक)को सरुवा भएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागले शनिबार उनीहरूलाई सरुवा गरेको जानकारी दिएको हो ।
यसैगरी हालै बढुवा भएका हालै बढुवा भएका १० एसएसपीको पदस्थापन समेत भएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत रमेश कुमार बस्नेतलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा रानीपोखरीमा सरुवा गरिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा भने सन्तोष खड्कालाई पठाइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत सोमेन्द्र सिंह राठोरलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय मानवस्रोत व्यवस्थापन महाशाखामा सरुवा गरिएको छ ।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा कार्यरत वसन्त रजौरेलाई विमानस्थलमा सरुवा गरिएको छ ।




