०५ साउन २०८३, मंगलबार
चुनावी सरगर्मी

मनोनयनको मिति सार्नेबारे आज निर्णय भएन

माघ ४, २०८२
काठमाडौं
मनोनयनको मिति सार्नेबारे आज निर्णय भएन

 माघ ६ गतेका लागि तय भएको उम्मेदवार मनोनयनको मिति सार्ने विषयमा निर्वाचन आयोगमा आइतबार छलफल भएको छ । तर यसबारे आज कुनै निर्णय नभएको आयोग उच्च स्रोतले बतायो । 

नेपाली कांग्रेसको आधिकारिकता विवाद र सर्वोच्चमा परेको रिटका कारण मनोनयन मिति सार्न दबाब परे पनि आज यस विषयमा कुनै निर्णय नभएको स्रोतको भनाइ छ । 

 स्रोतले भन्यो, 'मनोनयनको मिति सार्नेबारे आज कुनै निर्णय भएन ।' यद्यपि, आयोगभित्र केही लचकता अपनाउने विषयमा भने अनौपचारिक छलफल चलेको स्रोतको भनाइ छ।

salt training

कमेन्ट गर्नुहोस्