२२ असार २०८३, सोमबार

रवि लामिछानेको मुद्दा फिर्ता : महान्यायाधिवक्ताको निर्णयको सक्कल फाइल झिकाउने सर्वोच्चको आदेश

माघ ६, २०८२
काठमाडौं
रवि लामिछानेको मुद्दा फिर्ता : महान्यायाधिवक्ताको निर्णयको सक्कल फाइल झिकाउने सर्वोच्चको आदेश
फाइल फोटो

रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध दायर भएको रिटमा सर्वोच्च अदालतले महान्यायाधिवक्ताले गरेको निर्णयको सक्कल फाइल झिकाउन आदेश गरेको छ ।

युवराज सफललगायतले दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीश अब्दुलअजिज मुसलमानको एकल इजलासले मंगलबार सक्कल फाइल झिकाउन आदेश गरेको हो ।

‘महान्यायाधिवक्ताले मिति २०८२ पुस ३० मा गरेको निर्णयसहितको सक्कल फाइल, जिल्ला सरकारी वकिल कार्यालयहरूबाट विभिन्न अभियोगको सम्बन्धमा रवि लामिछाने समेत उपर दायर भएको मुद्दाहरूमा अभियोग पत्र संशोधन हुने कारण देखिने कुनै थप प्रमाणहरू पेस भएको भए सो प्रमाणहरू समेतको सक्कल प्रति महान्यायाधिवक्ता कार्यालयमार्फत छलफल पेसीका दिन देखाई फिर्ता लैजाने गरी झिकाई सुनुवाइमा अग्राधिकारसहित प्राथमिकता दिई नियमानुसार पेस गर्नू,’ आदेशमा उल्लेख छ ।

महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेसहितका अन्य प्रतिवादीहरूको हकमा सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिएकी थिइन् ।

उक्त निर्णयविरुद्ध रिट निवेदकले अन्तरिम आदेश समेत माग गरे पनि दुवै तर्फको जिकिर सुनी निष्कर्षमा पुग्न मनासिव, न्यायोचित र आवश्यक देखिएको भन्दै अदालतले २०८२ माघ ८ गते गतेका दिन छलफल तारेख मुकर्रर गरी उक्त छलफल पेसीका लागि तोकेको छ ।

साथै सर्वोच्चले उक्त मुद्दालाई अग्राधिकार समेत प्रदान गरेको छ ।

nullnull

salt training

कमेन्ट गर्नुहोस्