०३ साउन २०८३, आइतबार

एन्फा राष्ट्रिय लिग फुटबलः एपिएफ विजयी

माघ ८, २०८२
काठमाडौं
एन्फा राष्ट्रिय लिग फुटबलः एपिएफ विजयी

एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपिएफ क्लब विजयी भएको छ । 

च्यासल रङ्गशालामा आज सम्पन्न खेलमा एपिएफले चर्च ब्वाइज युनाइटेडमाथि ४–१ को सहज जित निकाल्यो । एपिएफको जितमा युवराज खड्काले दुई तथा समीराज थोकर र प्रदीप लामाले समान एक–एक गोल गरे । यता चर्च ब्वाइजका लागि मिलन राईले एक गोल फर्काए । 

 आजै सादोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न अर्को  खेलमा न्युरोड टिम (एनआरटी)ले काँक्रेविहार क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै विजयी भएको छ । 

एनआरटीका लागि तिमोथी चिमेरी ओकेरेकेले गोल गरे भने अर्को गोल रनदीप पौडेलले गरे । 

salt training

कमेन्ट गर्नुहोस्