१२ साउन २०८३, मंगलबार

नेपालमा पहिलो पटक चेसको ‘पजल सोल्भिङ कन्टेस्ट’ आयोजना हुने

माघ ९, २०८२
काठमाडौं
नेपालमा पहिलो पटक चेसको ‘पजल सोल्भिङ कन्टेस्ट’ आयोजना हुने

नेपालमा पहिलो पटक चेसको पजल सोल्भिङ प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता आइतबार हुनेछ ।

हिमालयन चेस एकेडेमीले वर्ल्ड फेडेरेसन फर चेस कम्पोजिसन (डब्लूएफसीसी) सँगको सहकार्यमा प्रतियोगिता आयोजना गर्न लागेको हो ।

एकेडेमीका अनुसार इन्टरनेशनल सोल्भिङ कन्टेस्ट–२०२६ को एउटा प्रतियोगिताको रूपमा नेपालमा पहिलो पटक पजल सोल्भिङ कन्टेस्ट आयोजना गर्न लागिएको हो । इन्टरनेशनल सोल्भिङ कन्टेस्ट (आईएससी) सन् २००५ मा शुरू भएको थियो ।

गत वर्ष भएको २१औं संस्करणमा २८ देशका ४६ शहरमा सात सय ४५ जनाले प्रतिस्पर्धा गरेका थिए ।

२२औं संस्करणमा नौ सयभन्दा बढी खेलाडीले सहभागिता जनाउने अनुमान गरिएको छ । यसपटक २७ देशका ६५ शहरमा एकसाथ जनवरी २५ तारिखमा कार्यक्रम आयोजना गरिँदैछ ।

पजल सोल्भिङ कन्टेस्ट हिमालयन चेस एकेडेमीको थापाथलीस्थित चेस हलमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउने खेलाडीले जर्मनीमा सन् २०२६ को अगस्ट ८ देखि १५ तारिखसम्म सञ्चालन हुने ४९औं वर्ल्ड चेस सोल्भिङ च्याम्पियनसिपमा भाग लिन पाउने छन् ।

एकेडेमीका अनुसार डब्लूएफसीसीको रेटेड इभेन्टको रूपमा आयोजना हुने सोल्भिङ कन्टेस्टमा अनुभवी खेलाडीले क्याटगोरी–१, कम अनुभवीले क्याटगोरी–२ र १३ वर्षमुनिका खेलाडीले जुनियरको क्याटगोरी–३ मा प्रतिस्पर्धा गर्नेछन् ।

क्याटगोरी १ र २ का पजल सोल्भरले डब्लूएफसीसीको रेटिङ पाउनेछन् । कन्टेस्टमा करिब ३० जना सहभागी हुने अनुमान गरिएको एकेडेमीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्