२९ असार २०८३, सोमबार
भान्साको अभिन्न सारथि

काँडे धनियाँ​​ : सुगन्ध र औषधीय गुणले भरिपूर्ण

माघ १०, २०८२
काठमाडौं
काँडे धनियाँ​​ : सुगन्ध र औषधीय गुणले भरिपूर्ण

धनियाँ भन्ने बित्तिकै हाम्रो मुखबाट पानी आउँछ । कारण यसको गुण नै त्यस्तो छ । धनियाँ प्रयोग नगर्ने नेपाली खाना कुन होला र ! अत धनियाँविना हाम्रा धेरै परिकार अधुरा रहन्छन् । कारण हो यसले दिने सुगन्ध र स्वाद । मासुमा होस् या चटनी मै किन नहोस् धनियाँ भएन भने खल्लो लाग्छ। त्यसैले त प्राय सबैले आफ्नो भान्सामा धनियाँ छुटाएका हुँदैनन् ।

हामीले प्रयोगमा ल्याउने भन्दा अलि भिन्न खालको धनियाँले पछिल्लो समय नेपाली बजार तातेको छ। त्यो हो- काँडे धनियाँ । हेर्दा हामीले प्रयोग गर्ने धनियाँ भन्दा भिन्न लागे पनि यसका धेरै गुण छन् । स्वाद सुगन्ध मात्र होइन औषधीय गुणले भरिपूर्ण काँडे धनियाँ धेरैको रोजाइमा परेको छ । यसलाई पूर्वतिर बर्मेली धनियाँ भनेर पनि चिनिन्छ ।

null

खेत, चौर, जङ्गल जता पनि पाइने यो धनियाँ शहर बजारमा गमलामा रोप्दा पनि हुन्छ । एउटा बिरुवा रोप्यो भने झाङ्गिएर आउने हुँदा यसलाई हुर्काउन पनि सहज छ । कतै-कतै यसलाई बिके धनियाँ भनेर पनि चिन्ने गरिन्छ ।

काँडे धनियाँ एक बहुवर्षीय बाली हो । यसका पातहरू लामो समयसम्म प्रयोग गर्न सकिन्छ । यसको मीठो बास्नाले गर्दा तरकारीमा प्रयोग गर्दा अत्यन्तै स्वादिष्ठ हुने गर्दछ । स्वास्थ्यको दृष्टिकोणमा काँडे धनियाँ उत्तम मानिन्छ । यसले पाचन प्रक्रियालाई बलियो बनाउन सहयोग पुर्‍याउने चिकित्सकहरूले बताएका छन् ।

काँडे धनियाँलाई चिन्ने धेरै नाम छन्- कत्तिले यसलाई चौडा धनियाँ भनेर पनि चिन्दछन् । यो धनियाँको उत्पति भने एसियामा नभएर अमेरिका र क्यानबेरियाबाट भएको मानिन्छ । सामान्य धनियाँ जस्तै वासना दिने यो काँडे धनियाँ अर्गानिक धनियाँको रूपमा पनि चिनिन थालिएको छ । यो धनियाँलाई पोलि ब्यागमा रोपेर रुफटप कौसीमा हुर्काउनेहरू पनि शहरमा उलेख्य बढेका छन् ।

null

अमेरिका र क्याराबियन तिर सामान्य धनियाँलाई सिल्यन्त्रो भनिन्छ भने काँडे धनियाँलाई कुल्यन्त्रो भन्ने गरिन्छ । गोलभेँडाको अचार, टिमुरको अचार, आलुको अचार या कुनै पनि तरकारी या मासुमा यसले राम्रो सुगन्ध दिन्छ ।

जाडो तथा गर्मी जुनसुकै मौसममा पनि हुने गुनिलो बिरुवा सबैको प्रिय अर्गानिक हर्ब्सको रूपमा व्यावसायिक दिन सक्ने हो भने यो काँडे धनियाँको बजार व्यापक रहेको छ । घरायसी होस् या व्यावसायिक रूपमा होटल रेस्टुरेन्टमा यसको माग उच्च छ ।

null

salt training

कमेन्ट गर्नुहोस्