२८ असार २०८३, आइतबार

निर्वाचन आचारसंहिता परिपालनामा कडाइ गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई गृहको पत्र

माघ १५, २०८२
काठमाडौं
निर्वाचन आचारसंहिता परिपालनामा कडाइ गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई गृहको पत्र

आसन्न प्रतिनिधिसभा निर्वाचन पूर्व र निर्वाचनको अवधिमा हुनसक्ने आचारसंहिताका उल्लङ्घनका घटना रोक्न निर्वाचन आचारसंहिता परिपालनामा कडाइ गर्न गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ ।

यसअघि माघ १३ गते निर्वाचन आयोगले विज्ञप्तिमार्फत निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी एवं विश्वसनीयरूपमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता २०८२ को जिल्लास्तरमा अनुगमनलाई प्रभावकारी बनाई कार्यान्वयनको सुनिश्चितता गर्न ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका अन्य विषयमा र प्रमुख कोष नियन्त्रक/कोष नियन्त्रकहरूलाई आर्थिकसँग सम्बन्धित विषयमा फरक-फरक कार्य जिम्मेवारीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकेको थियो ।

सोही बमोजिम गृहले सम्बन्धित जिल्ला भित्र निर्वाचन आचारसंहिता कार्यान्वयनका विषयमा प्राप्त जिम्मेवारी अनुरूप नियमित अनुगमन गरी प्रभावकारीरूपमा आचारसंहिता पालना गर्ने कार्य गर्न गराउनु र सो सम्बन्धमा गरिएका कार्यहरूको नियमितरूपमा मन्त्रालयमा प्रतिवेदन गर्ने व्यवस्था मिलाउन सबै जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गरेको हो ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि माघ ४ गतेदेखि निर्वाचन आचारसंहिता लागू भएकोमा आचारसंहिता लागू भएको १० दिन नबित्दै केही राजनीतिक दलका वरिष्ठ नेताहरूलाई आचारसंहिता उल्लंघनको कसुरमा आयोगले स्पष्टीकरण सोधिसकेको छ।

salt training

कमेन्ट गर्नुहोस्