०६ साउन २०८३, बुधबार

फेरि पनि पुलिसलाई हराउँदै न्यू डायमन्डले उपाधि कुम्ल्यायो

माघ १६, २०८२
काठमाडौं
फेरि पनि पुलिसलाई हराउँदै न्यू डायमन्डले उपाधि कुम्ल्यायो

टिप टप न्यू डायमण्ड युथ स्पोर्टस क्लबले पोखरामा जारी छैटौं टाइगर कप भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधि चुमेको छ ।

न्यू डायमन्डले शुक्रबार पोखरा रंगशालाको भलिबल कोर्टमा खेलिएको फाइनल खेलमा बलियो प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि कुम्ल्याएको हो ।

खेलको प्रारम्भदेखि नै न्यू डायमन्डले विभागीय टोली पुलिस क्लबलाई दबाबमा राखेको थियो । न्यू डायमन्डले पहिलो सेटको नतिजालाई २५–११ अंकले आफ्नो पक्षमा पार्‍यो ।

दोस्रो सेटको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । तर, दोस्रो सेटमा पनि न्यू डायमन्ड २५–२२ अंकले अगाडि रह्यो ।

यसैगरी, तेस्रो सेटको नतिजालाई पनि २५–१६ अंकले आफ्नो पक्षमा पार्दै न्यू डायमन्डले उपाधि कुम्ल्यायो । न्यू डायमन्डले केही समयको अन्तरमा तेस्रोपटक पुलिसलाई हराउँदै उपाधि चुमेको हो ।

केही समयअघि काठमाडौँमा सम्पन्न एनभीए च्याम्पियनसिपको फाइनलमा पुलिस क्लबलाई नै हराउँदै न्यू डायमन्डले उपाधि उचालेको थियो ।

त्यसपछि, काठमाडौँमै आयोजित केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा पनि पुलिस क्लबलाई नै जिल्याउँदै न्यू डायमन्डले उपाधि चुमेको थियो । 

 

salt training

कमेन्ट गर्नुहोस्